विश्व स्वास्थ्य संगठनबाट बाहिरिने अमेरिकाको घोषणा प्रति डब्लुएचओले दुःख व्यक्त गर्‍याे

जेनेभा । अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आशयसहित गरेको घोषणाप्रति संगठन दुःख व्यक्त गरेको छ  ।  अमेरिकी नागरिकसहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न विश्व स्वास्थ्य संगठनको महत्त्वपूर्ण भूमिका रहेको छ । रोगका मूल कारणहरूको सम्बोधन, सुदृढ स्वास्थ्य प्रणाली निर्माण, र प्रायः अन्य निकाय जान नसक्ने जोखिमयुक्त स्थानहरूमा महामारी तथा प्रकोपजस्ता स्वास्थ्य आपत्कालहरूको पहिचान, रोकथाम […]

Jan 24, 2025 - 10:57
 0
विश्व स्वास्थ्य संगठनबाट बाहिरिने अमेरिकाको घोषणा प्रति डब्लुएचओले दुःख व्यक्त गर्‍याे

जेनेभा ।

अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आशयसहित गरेको घोषणाप्रति संगठन दुःख व्यक्त गरेको छ  । 

अमेरिकी नागरिकसहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न विश्व स्वास्थ्य संगठनको महत्त्वपूर्ण भूमिका रहेको छ । रोगका मूल कारणहरूको सम्बोधन, सुदृढ स्वास्थ्य प्रणाली निर्माण, र प्रायः अन्य निकाय जान नसक्ने जोखिमयुक्त स्थानहरूमा महामारी तथा प्रकोपजस्ता स्वास्थ्य आपत्कालहरूको पहिचान, रोकथाम र प्रतिकार्यमा विश्व स्वास्थ्य संगठनले अर्थपूर्ण योगदान दिँदै आएको छ  डब्लुएचओले जेनेभास्थित मुख्य कार्यालयबाट जनवरी २१ मा जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको संस्थापक सदस्य बनेको अमेरिकाले त्यसयता १९३ अन्य सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै संगठनको कामको तर्जुमा र सञ्चालनमा योगदान दिँदै आएको छ । विश्व स्वास्थ्य सभामा र कार्यकारी बोर्डमा आफ्नो सक्रिय सहभागितामार्फत सात दशकभन्दा लामो सहकार्यको परिणामस्वरूप, विश्व स्वास्थ्य संगठन र अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् र स्वास्थ्य जोखिमहरुबाट अमेरिकी नागरिकहरूको साथै विश्वभरका मानिसहरुको सुरक्षा प्रदान गरेका छन् । सँगै, हामीले विफर उन्मूलन गरेका छौँ, र पोलियोलाई उन्मूलनतर्फ पु¥याएका छौँ । 

अमेरिकी संस्थाहरूले विश्व स्वास्थ्य संगठनको सदस्यताबाट योगदान दिएका छन् र लाभ लिएका पनि छन् ।  अमेरिका र अन्य सदस्य राष्ट्रहरूको सहभागितासँगै, विश्व स्वास्थ्य संगठनले गत ७ वर्षमा आफ्नो इतिहासकै महत्त्वाकाङ्क्षी सुधार कार्यक्रम कार्यान्वयन गरेको छ, जसले हाम्रो उत्तरदायित्व, लागत प्रभावकारिता, र राष्ट्रहरूको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव लगायतमा रूपान्तरण ल्याएको छ । यो कार्य जारी छ ।

संयुक्त राज्य अमेरिका आफ्नो निर्णयबारे पुनर्विचार गर्नेमा हामी आशावादी छौँ, र विश्वभरका करोडौँ मानिसहरूको सुस्वास्थ्य र आरोग्यताका लागि, संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठन बिचको साझेदारीलाई कायम राख्न सकारात्मक संवाद हुने अपेक्षा गरेका छौँ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register