आमआदमी पार्टी पराजय वैकल्पिक राजनीतिक शक्तिको रुझानमा गम्भीर धक्का लागेको टिप्पणी

काठमाडाैं । दिल्लीमा आम आदमी पार्टीको लज्जास्पद पराजयपछि वैकल्पिक राजनीतिक शक्तिको दक्षिण एसियाली रुझानमा गम्भीर धक्का लागेको टिप्पणी गर्न थालिएको छ। दिल्लीको मतपरिणामलाई नेपाली राजनीतिसँग पनि जोडेर विश्लेषण हुन थालेको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक भविष्यमाथि टिप्पणी हुने गरेको हो । जसरी दिल्लीमा आम आदमीको राज गयो । त्यसैगरी घण्टीको राप नेपालबाट हट्न […]

Feb 8, 2025 - 10:08
 0
आमआदमी पार्टी पराजय वैकल्पिक राजनीतिक शक्तिको  रुझानमा गम्भीर धक्का लागेको टिप्पणी

काठमाडाैं ।

दिल्लीमा आम आदमी पार्टीको लज्जास्पद पराजयपछि वैकल्पिक राजनीतिक शक्तिको दक्षिण एसियाली रुझानमा गम्भीर धक्का लागेको टिप्पणी गर्न थालिएको छ।

दिल्लीको मतपरिणामलाई नेपाली राजनीतिसँग पनि जोडेर विश्लेषण हुन थालेको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक भविष्यमाथि टिप्पणी हुने गरेको हो । जसरी दिल्लीमा आम आदमीको राज गयो । त्यसैगरी घण्टीको राप नेपालबाट हट्न सक्ने आँकलन हुन थालेको हो । दिल्लीमा रक्सीको ठेक्का प्रकरण आप डुब्यो । नेपालमा सहकारी ठगी प्रकरणले डुब्ने विश्लेषण छ ।
भारतको सामाजिक अभियान्ता अन्ना हजारे भन्छन्- राजनीतिमा आरोप लगाउन सजिलो छ । तर, त्यही आरोप आफ्नोमा पनि लागू हुन्छ भन्ने बुझ्नुपर्छ ।राजनीतिमा आरोप(प्रत्यारोप भइरहन्छन्।

तर जब आरोप लगाइन्छ, त्यसलाई गलत प्रमाणित गर्न जनतासमक्ष स्पष्ट गर्नुपर्छ’ उनले भने, ‘जब आरोपहरू गलत भएको प्रमाणित हुन्छ, तब कसैले केही बिगार्न सक्दैन। साथै चुनाव लड्ने उम्मेदवारको आचरण शुद्ध हुनु आवश्यक छ, विचार शुद्ध हुनुपर्छ, जीवन निष्कलंक हुनुपर्छ’ उनले भने, ‘र, अपमान सहन सक्ने क्षमता हुनुपर्छ। यदि यी गुणहरू उम्मेदवारमा छन् भने मतदातालाई यो व्यक्ति जनताको लागि केही गर्नेछ भन्ने विश्वास हुन्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register