रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौँ। मध्य पूर्वी पृतना हे.क्वा. २२ गतेदेखि बर्दिबासमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको दौरान सहभागीहरुलाई बारा जिल्लाको सिम्रौनगढस्थित रानिवास दरबार र कलैयास्थित ऐतिहासिक पार्कको स्थलगत भ्रमण समेत गराइएको थियो।


काठमाडौँ।
मध्य पूर्वी पृतना हे.क्वा. २२ गतेदेखि बर्दिबासमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
समापन समारोहमा मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी भूवन खत्रीले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सञ्चारकर्मीहरूलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र वितरण गरे ।
सोही अवसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ४ (चार) वटा एफ.एम. रेडियो स्टेसनहरूलाई प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र प्रदान गरिएको थियो ।
उक्त क्षेत्र अन्तर्गत ११ वटा जिल्लाका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २७ (सत्ताइस) जना सञ्चारकर्मीहरूको सहभागितामा पाँच दिनसम्म सञ्चालित अभिमुखीकरण कार्यक्रमका सहभागीहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा जानकारी गराईएको थियो।
कार्यक्रमको दौरान सहभागीहरुलाई बारा जिल्लाको सिम्रौनगढस्थित रानिवास दरबार र कलैयास्थित ऐतिहासिक पार्कको स्थलगत भ्रमण समेत गराइएको थियो।
यस किसिमको कार्यक्रमबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता एवं स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको छ ।
What's Your Reaction?






