सुडानी विद्रोही अर्धसैनिक समूहले गर्यो अस्पतालमा आक्रमण : ६८ बिरामीको मृत्यु, ११ जना घाइते
खार्तुम । सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले अस्पतालमा गरेको आक्रमणबाट कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् । सुडानी डाक्टर नेटवर्कले विज्ञप्तिमा जारी गर्दै यसको जानकारी दिएका हुन् । ‘उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणमा ६८ जना बिरामी मारिए भने अन्य […]

खार्तुम । सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले अस्पतालमा गरेको आक्रमणबाट कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् । सुडानी डाक्टर नेटवर्कले विज्ञप्तिमा जारी गर्दै यसको जानकारी दिएका हुन् ।
‘उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणमा ६८ जना बिरामी मारिए भने अन्य १९ जना घाइते भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, स्थानीय गैर–सरकारी समूहले पनि साउदी अस्पतालमा आरएसएफको आक्रमणमा ६८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि गरेको छ । आक्रमणको परिणामस्वरूप अस्पतालको आपतकालीन विभाग पूर्ण रूपमा ध्वस्त भएको छ ।
डार्फर क्षेत्रका गभर्नर मिन्नी अर्को मिन्नावीले आरएसएफ आक्रमणको निन्दा गरेका छन् । ‘लक्षित विभाग एल फाशरका बासिन्दाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने एक मात्र विभाग थियो,’ मिनावीले शनिबार सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय सङ्गठनहरूका अनुसार, सुडान अप्रिल सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वको चपेटामा छ, जसका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित भएको छ ।
What's Your Reaction?






