सेयर बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम ९ अर्बमाथि 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर २६४३ दशमलव ९३ को विन्दुमा पुगेको छ । आइतबार ३१८ कम्पनीका ९४ हजार ८१३ पटकको कारोबारमा १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Jan 26, 2025 - 09:35
 0
सेयर बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम ९ अर्बमाथि 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।

आज नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर २६४३ दशमलव ९३ को विन्दुमा पुगेको छ ।

आइतबार ३१८ कम्पनीका ९४ हजार ८१३ पटकको कारोबारमा १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँ रहेको छ ।

११६ कम्पनीका सेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज सप्तकोशी विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register