यी हुन् छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका अर्जेन्टिनासँगै चार टोली
काठमाडौं । आगामी वर्ष क्यानडा, मेक्सिको र अमेरिकामा हुने विश्वकप फुटबलका लागि चार टोलीले छनोट चरण पार गरेका छन् । साविक विजेता अर्जेन्टिना, जापान इरान र न्युजिल्यान्ड सन् २०२६ को विश्वकप लागि छानिएका हुन् । दक्षिण अमेरिका क्षेत्रअन्तर्गतको छनोटबाट अर्जेन्टिना छानिएको हो । बुधबार बिहान भएको खेलमा तीन पटकको विजेता अर्जेन्टिना सर्वाधिक पाँच पटकको विजेता […]

काठमाडौं । आगामी वर्ष क्यानडा, मेक्सिको र अमेरिकामा हुने विश्वकप फुटबलका लागि चार टोलीले छनोट चरण पार गरेका छन् ।
साविक विजेता अर्जेन्टिना, जापान इरान र न्युजिल्यान्ड सन् २०२६ को विश्वकप लागि छानिएका हुन् ।
दक्षिण अमेरिका क्षेत्रअन्तर्गतको छनोटबाट अर्जेन्टिना छानिएको हो । बुधबार बिहान भएको खेलमा तीन पटकको विजेता अर्जेन्टिना सर्वाधिक पाँच पटकको विजेता ब्राजिललाई ४–१ को फराकिलो गोल अन्तरले हरायो ।
यस्तै एसियाबाट जापान र इरानले टिकट काटेका छन् । यही चैत ७ गते भएको खेलमा बहराइनलाई २–० ले हराउँदै जापानले विश्वकप खेल्ने पक्का गरेको छ ।
यस्तै मङ्गलबार राति उज्वेकिस्तानलाई २–२ गोलको बराबरीमा रोक्दै इरान पनि विश्वकपमा छानिएको छ ।
यसैगरी ओसियाना क्षेत्रको छनोटमा न्यू क्यालेडोनियालाई ३–० गोल अन्तरले हराएर न्युजिल्यान्ड विश्वकपमा छानिएको हो ।
एसिया क्षेत्रबाट सिधै नौ तथा दक्षिण अमेरिकाबाट सात टोली विश्वकपमा छनोट हुनेछन् । यी क्षेत्रका एक–एक टोलीले भने अन्तरमहादेशीय प्लेअफ खेल्नेछन् ।
ओसियानाबाट एउटा टोली विश्वकपमा सिधै छानिने प्रावधानअनुसार न्युजिल्यान्डले स्थान पक्का गरेको हो ।
न्यू क्यालेडोनियाले भने प्लेअफमा स्थान बनाएको छ ।
क्यानडा, मेक्सिको र अमेरिका भने आयोजकको हैसियतमा सिधै विश्वकपमा छनोट भएका छन् ।
आगामी वर्षको विश्वकपमा पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघिको संस्करणमा ३२ टोली सहभागी थिए ।
२०२६ को विश्वकपका लागि अब ४१ टोली छनोट हुन बाँकी छ ।
मेसीबिनै मैदानमा उत्रेको अर्जेन्टिनाले ब्राजिलको पोष्टमा गर्यो ४ गोल
What's Your Reaction?






