सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई १ करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । सुप्रिम  सहकारी ठगी प्रकरणमा जिल्ला अदालत, रुपन्देहीले  रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र […]

Jan 26, 2025 - 13:05
 0
सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई १ करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । सुप्रिम  सहकारी ठगी प्रकरणमा जिल्ला अदालत, रुपन्देहीले  रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारी रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

रविविरुद्ध जिल्ला अदालत रुपन्देहीमा पनि मुद्दा दर्ता भएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register