शुक्रबारको वार्तामा सहभागी भएनन् शिक्षक, सरकारले गर्‍यो पुनः आह्वान

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरूलाई सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ। शुक्रबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिहरू सहभागी नभएपछि सरकारले वार्ताका लागि पुन: आह्वान गरेको हो । कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा करिब डेढ घण्टासम्म पर्खिंदा पनि शिक्षकका प्रतिनिधिहरू नआएपछि सरकारले पुनः वार्ताका लागि आह्वान गर्ने […]

Apr 4, 2025 - 14:41
 0
शुक्रबारको वार्तामा  सहभागी भएनन् शिक्षक, सरकारले गर्‍यो पुनः आह्वान

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरूलाई सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ।

शुक्रबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिहरू सहभागी नभएपछि सरकारले वार्ताका लागि पुन: आह्वान गरेको हो ।

कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा करिब डेढ घण्टासम्म पर्खिंदा पनि शिक्षकका प्रतिनिधिहरू नआएपछि सरकारले पुनः वार्ताका लागि आह्वान गर्ने निर्णय गरेर बैठक टुंग्याएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन्।

शिक्षकहरूले विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न सडकमा रहेको र सरकारले पनि आवश्यक गम्भीरताका साथ वार्ता गर्न बोलाउँदा शिक्षक प्रतिनिधिहरू नआएको उनले बताइन्।

उनले भनिन् ‘शिक्षकहरूसँगको वार्तालाई सरकारले प्राथमिकता दिएको छ। आजको वार्तामा शिक्षकहरूको अनुपस्थिति भए पनि, हामी उहाँहरूसँग फेरि वार्ता गर्नेछौं, र मागहरूलाई सम्बोधन गर्ने प्रयास गर्नेछौं।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले केही दिनदेखि आन्दोलन गरिरहेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register