एनिभर्सरीको ‘ह्याङ’ नसकिंदै फेरी बिग्रियो इसेवा, यो महिना तेश्रो पटक समस्या, सेवा अवरुद्ध हुने मामलामा रेकर्ड ब्रेक गर्दै

काठमाडौँ । सेवा अवरुद्ध हुने मामलामा रेकर्ड ब्रेक गर्दै गरेको इसेवा यो महिना पुन: तेश्रो पटक बिग्रिएको छ । बिग्रंदा बिग्रंदा लाजै भएपछि बिग्रिएको जानकारी बेला बेला लुकाउने गरेको भए पनि यसपाली इसेवाले आफ्नो सेवामा समस्या आएको जानकारी दिएको छ । इसेवाले आफ्नो टीम सो समस्या समाधानका लागि लागि परेको एक सूचनामार्फत जानकारी दिएको छ […]

Jan 27, 2025 - 14:42
 0
एनिभर्सरीको ‘ह्याङ’ नसकिंदै फेरी बिग्रियो इसेवा, यो महिना तेश्रो पटक समस्या, सेवा अवरुद्ध हुने मामलामा रेकर्ड ब्रेक गर्दै
काठमाडौँ । सेवा अवरुद्ध हुने मामलामा रेकर्ड ब्रेक गर्दै गरेको इसेवा यो महिना पुन: तेश्रो पटक बिग्रिएको छ । बिग्रंदा बिग्रंदा लाजै भएपछि बिग्रिएको जानकारी बेला बेला लुकाउने गरेको भए पनि यसपाली इसेवाले आफ्नो सेवामा समस्या आएको जानकारी दिएको छ । इसेवाले आफ्नो टीम सो समस्या समाधानका लागि लागि परेको एक सूचनामार्फत जानकारी दिएको छ ।
 
इसेवाले आफ्नो ‘खत्तम’ सेवाका कारण परेको असरका लागि प्रयोगकर्तासँग माफीसमेत मागेको छ । इसेवामा समस्या देखिएकाले धैर्यवान हुन आफ्ना सेवाग्राहीहरुलाई कम्पनीले अनुरोधसमेत गरेको छ ।
 
इसेवाले शनिबारमात्र आफ्नो १६औँ एनिभर्सरी मनाएको थियो । सो एनिभर्सरीकै कार्यक्रममा पनि इसेवाका कर्मचारीले केहि दिनपछि पुन इसेवामा समस्या आउने भन्दै भलाकुसारी गरेका थिए ।           

इसेवाको नेतृत्व हाल जगदीश खड्काले गरिरहेका छन् । उनी सीइओ भएपछि इसेवा सबैभन्दा बढी बिग्रीरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register