अमेरिकाबाट थप ४० नेपाली निकालिए, आजै नेपाल फर्काइँदै !  

काठमाडौँ । अमेरिकाबाट थप ४० जना नेपाली देश निकालामा परेका छन् । अमेरिकाको इमिग्रेसन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले उनीहरुलाई देश निकाला गरेको हो ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीका अनुसार उनीहरुलाई आजै नेपाल ल्याइनेछ ।  उनीहरुलाई लिएर अमेरिकाबाट उड्ने चार्टर्ड विमान आइतबार (आज) आपराह्न सवा चार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको […]

Jun 8, 2025 - 04:39
 0
अमेरिकाबाट थप ४० नेपाली निकालिए, आजै नेपाल फर्काइँदै !  

काठमाडौँ । अमेरिकाबाट थप ४० जना नेपाली देश निकालामा परेका छन् । अमेरिकाको इमिग्रेसन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले उनीहरुलाई देश निकाला गरेको हो । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीका अनुसार उनीहरुलाई आजै नेपाल ल्याइनेछ । 

उनीहरुलाई लिएर अमेरिकाबाट उड्ने चार्टर्ड विमान आइतबार (आज) आपराह्न सवा चार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । तर, कति जना नेपालीहरु छन् ? भन्ने यकिन भएको छैन । यद्यपि अमेरिकाले दिएको यसअघिको जानकारी र पछिल्लो अपडेट हनुसार कम्तिमा ४० जना नेपाली फिर्ता पठाइएको अध्यागमन कार्यालयका अधिकारीले बताएका छन् । 

यसो त डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि यसअघि सन् २०२५ जनवरी २० देखि मे सम्ममा अमेरिकाले १ सय ४० जना नेपालीलाई देश निकाला गरिसकेको छ । अमेरिकाबाट देश निकालामा पर्ने नेपालीको संख्या अझै बढ्ने देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register