झोलुङ्गे पुलमा गरेको उपद्रोमा आशिकालाई म्याद थपको तयारी

काठमाडौं । भक्तपुरमा आपराधिक उपद्रव मच्चाएको आरोपमा अभियन्ता आशिका तामाङलाई म्याद थपको तयारी गरिएकाे छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले तामाङलाई अनुसन्धान गर्न आपराधिक उपद्रवविरुद्धको कसुरमा म्याद थपको तयारी गरिएको बताएका छन् । आशिमा तामाङले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित साँगाको झोलुङ्गे पुलमा कर लिएको भन्दै रसिद जलाएको र बोर्ड फ्याँकेको आरोपमा जाहेरी दिएको […]

Jan 28, 2025 - 11:32
 0
झोलुङ्गे पुलमा गरेको उपद्रोमा आशिकालाई म्याद थपको तयारी

काठमाडौं ।

भक्तपुरमा आपराधिक उपद्रव मच्चाएको आरोपमा अभियन्ता आशिका तामाङलाई म्याद थपको तयारी गरिएकाे छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले तामाङलाई अनुसन्धान गर्न आपराधिक उपद्रवविरुद्धको कसुरमा म्याद थपको तयारी गरिएको बताएका छन् ।

आशिमा तामाङले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित साँगाको झोलुङ्गे पुलमा कर लिएको भन्दै रसिद जलाएको र बोर्ड फ्याँकेको आरोपमा जाहेरी दिएको डीएसपी न्यौपानेले बताए।

सूर्यविनायक नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि उक्त पुलमा कर उठाउन ठेक्कामा दिएको छ। पुल चढेबापत २० रुपैयाँ लिने गरिएको छ । उनले यसअघि पशुपतिमा प्रहरीमाथि अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएर भक्तपुर लगिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register