‘एक्टर: टेक वन’को प्रदर्शन रोक्न अदालतको आदेश

काठमाडौं । अदालतले रिलिजको तयारीमा रहेको फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले माघ २२ गतेसम्म रिलिज रोक्न अल्पकालीन आदेश दिएको हो । फिल्म ‘एक्टर’का निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले नाम चोरी गरेर मौलिकजस्तो देखिने गरी फिल्म बनाएको भन्दै ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न […]

Jan 28, 2025 - 11:39
 0
‘एक्टर: टेक वन’को प्रदर्शन रोक्न अदालतको आदेश

काठमाडौं । अदालतले रिलिजको तयारीमा रहेको फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले माघ २२ गतेसम्म रिलिज रोक्न अल्पकालीन आदेश दिएको हो ।

फिल्म ‘एक्टर’का निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले नाम चोरी गरेर मौलिकजस्तो देखिने गरी फिल्म बनाएको भन्दै ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न गत शुक्रबार अदालतमा रिट दायर गरेका थिए ।

सोही मुद्दामा अदालतले यस्तो आदेश दिएको हो । अदालतले दुवै पक्षलाई माघ २२ गते छलफलका लागि अदालतले बोलाएको छ ।

राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय छ ।

यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register