पाथीभरा घटना : घाइतेहरूको उपचार खर्च सरकारले ब्यहोर्ने
काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । यस्तै बैठकले वार्ता समिति गठन गर्ने र बुधबार संस्कृति, पर्यटन तथा उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गर्ने निर्णय पनि […]

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
यस्तै बैठकले वार्ता समिति गठन गर्ने र बुधबार संस्कृति, पर्यटन तथा उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गर्ने निर्णय पनि ती सांसदले बताए ।
बैठकमा गृहमन्त्री रमेश लेखक, ताप्लेजुङका सांसद योगेश भट्टराई र उर्मिला थेवे, इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही लगायत सहभागी थिए ।
घटनाको पछिल्लो अवस्थाबारे प्रहरी महानिरीक्षक कुँवरले ब्रिफिङ गरेको बताइएको छ ।
What's Your Reaction?






