पार्टी टुक्र्याउने खुद्रे कुरा सरकारको मेन्युमा छैन – प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सरकारको प्राथमिकता पार्टी टुक्र्याउने खुद्रे कुरामा नरहेको बताएका छन् । शुक्रबारको संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेन्युमा छैन । ढुक्क हुनुहोस् । काङ्ग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा हुँदैन,’ उनले भने । सरकार ढल्यो […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सरकारको प्राथमिकता पार्टी टुक्र्याउने खुद्रे कुरामा नरहेको बताएका छन् ।
शुक्रबारको संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेन्युमा छैन । ढुक्क हुनुहोस् । काङ्ग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा हुँदैन,’ उनले भने ।
सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै उनले भने, ‘विपक्षमा रहेका साथीहरुले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ– ‘सरकार ढल्छ । ढल्नै लाग्यो । पुस मसान्त, माघे सङ्क्रान्ति काट्दैन ।’ आदि इत्यादि । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ ।’
What's Your Reaction?






