जेलेन्स्कीसँगको भेटपछि बेलायतले बोलायो युरोपेली नेताहरूको बैठक
काठमाडौं । बेलायतले युक्रेन र युरोपको सुरक्षाबारे छलफलका लागि युरोपेली नेताहरूको बैठक आव्हान गरेको छ । बेलायती प्रधानमन्त्री केर स्टामरले युक्रेनलाई थप सहयोग र युरोपको सुरक्षाका लागि छलफल गर्न लण्डनमा बैठक बोलाएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रधानमन्त्री स्टामरले भेट गरे लगत्तै आव्हान गरिएको यो बैठक युरोपको रक्षा क्षमता विस्तार र युक्रेनको सुरक्षा प्रत्याभुतीमा […]

काठमाडौं । बेलायतले युक्रेन र युरोपको सुरक्षाबारे छलफलका लागि युरोपेली नेताहरूको बैठक आव्हान गरेको छ ।
बेलायती प्रधानमन्त्री केर स्टामरले युक्रेनलाई थप सहयोग र युरोपको सुरक्षाका लागि छलफल गर्न लण्डनमा बैठक बोलाएका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रधानमन्त्री स्टामरले भेट गरे लगत्तै आव्हान गरिएको यो बैठक युरोपको रक्षा क्षमता विस्तार र युक्रेनको सुरक्षा प्रत्याभुतीमा केन्द्रित हुने बीबीसीले जनाएको छ ।
जेलेन्स्कीले बेलायती राजा चार्ल्स तृतीयसँग पनि भेट्ने कार्यतालिका छ ।
खनिज सम्झौता र शान्तिबारे छलफलका लागि अमेरिका पुगेका जेलेन्स्कीलाई ह्वाइटहाउसमा अपमान गरिएपछि युरोपेली नेताहरू थप चिन्तित छन् । ह्वाइटहाउसबाट निस्किएपछि जेलेन्स्की बेलायत पुगेका थिए । बेलायतले उनलाई २.२६ अर्ब पाउण्ड बराबरको सहायता प्रदान गर्ने निर्णय गरिसकेको छ ।
ह्वाइटहाउसमा युक्रेनका राष्ट्रपतिलाई गरिएको व्यवहारप्रति युरोपेली नेताहरूले विरोध गरिरहेका छन् ।
What's Your Reaction?






