प्रधानमन्त्री ओलीको च्यालेन्ज- ‘दम छ भने भ्रष्टाचार गरेको प्रमाण ल्याऊ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको प्रमाण भए देखाउन च्यालेन्ज गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने दाबी गर्दै भ्रष्टाचार गरेको प्रमाण भए पेश गर्न च्यालेन्ज गरेका छन् । ओलीले पछिल्लो केही समययता सरकार भ्रष्टाचारमा लिप्त […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको प्रमाण भए देखाउन च्यालेन्ज गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने दाबी गर्दै भ्रष्टाचार गरेको प्रमाण भए पेश गर्न च्यालेन्ज गरेका छन् ।
ओलीले पछिल्लो केही समययता सरकार भ्रष्टाचारमा लिप्त भयो भन्ने भ्रमहरु फैलाइएको भन्दै आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र नगर्ने दाबी गरेका छन् ।
त्यस्तै, ओलीले वर्तमान सरकार मुलुकको अर्थतन्त्र सुधारसँगै समग्र विकासका क्षेत्रमा काम गर्त तल्लीन रहेको भन्दै प्रमाण बिनाका भ्रष्टाचारबारे मिथ्या आरोप नलगाउन पनि आग्रह गरेका छन् ।
What's Your Reaction?






