अमेरिकामा फेरि विमान दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा फेरि विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार शुक्रबार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रुजवेल्ट मलनजिकै निजी विमान दुर्घटना भएको हो । दुर्घटनामा विमानमा सवार ६ जनाकै मृत्यु भएको बीबीसीले जनाएको छ । विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एक जना सवार थिए । उनीहरुको परिचय […]

Feb 1, 2025 - 06:52
 0
अमेरिकामा फेरि विमान दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा फेरि विमान दुर्घटना भएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रुजवेल्ट मलनजिकै निजी विमान दुर्घटना भएको हो ।

दुर्घटनामा विमानमा सवार ६ जनाकै मृत्यु भएको बीबीसीले जनाएको छ । विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एक जना सवार थिए । उनीहरुको परिचय भने खुल्न सकेको छैन ।

भीडभाड भएको क्षेत्रमा दुर्घटना हुँदा धेरै घर र सवारी साधनमा आगलागी भएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले ट्रुथमा लेखेका छन्, “फिलाडेल्फियामा भएको विमान दुर्घटना देखेर धेरै दु:ख लाग्यो । धेरै निर्दोष मानिसहरूले हामीलाई छोडे । हाम्रा मानिसहरू उद्धार कार्यमा पूर्ण रूपमा संलग्न छन् । भगवानले सबैको कल्याण गरून् ।

यसअघि बुधबार राति राजधानी वाशिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register