पौडेलको अध्यक्षतामा खौलालाँकुरी काठमाडौँ  सम्पर्क समाज गठन

काठमाडौँ।  पर्वतको कुस्मा नगरपालिका वडा नं १३ खौलालाँकुरीबाट काठमाडौँमा आइ बसोबास गरेका खौलाबासीको हित तथा खौलालाँकुरीको आर्थिक तथा सामाजिक विकासका लागि पहल गर्ने उद्देश्यले खौलालाँकुरी– काठमाडौँ सम्पर्क समाज गठन गरिएको छ ।   खौलालाँकुरीबाट काठमाडौँमा  आई विभिन्न पेशा ब्यबसायमा संलग्न भएकाहरुको  शनिवार सम्पन्न भेलाले युवराज पौडेलको अध्यक्षतामा खौलालाँकुरी काठमाडौँ  सम्पर्क समाज गठन गरेको हो । खौलाबाट […]

Feb 1, 2025 - 16:36
 0
पौडेलको अध्यक्षतामा खौलालाँकुरी काठमाडौँ  सम्पर्क समाज गठन

काठमाडौँ। 

पर्वतको कुस्मा नगरपालिका वडा नं १३ खौलालाँकुरीबाट काठमाडौँमा आइ बसोबास गरेका खौलाबासीको हित तथा खौलालाँकुरीको आर्थिक तथा सामाजिक विकासका लागि पहल गर्ने उद्देश्यले खौलालाँकुरी– काठमाडौँ सम्पर्क समाज गठन गरिएको छ । 

 खौलालाँकुरीबाट काठमाडौँमा  आई विभिन्न पेशा ब्यबसायमा संलग्न भएकाहरुको  शनिवार सम्पन्न भेलाले युवराज पौडेलको अध्यक्षतामा खौलालाँकुरी काठमाडौँ  सम्पर्क समाज गठन गरेको हो ।

खौलाबाट काठमाडौँमा  आइ बसोबास गरेका खौलाबासीको हित तथा खौलालाँकुरीको आर्थिक तथा सामाजिक विकासका लागि पहल गर्ने उद्देश्यले सम्पर्क समाज गठन गरिएको हो । 

तर्दथ समितिको रुपमा गठन गरिएको समितिको सचिवमा टिका कार्की, कोषाध्यक्षमा लोकराज सुवेदी रहेका छन् । 

समितिका सदस्यहरुमा किर्तिनाथ सुवेदी, झलक चालिसे, होमनाथ सुवेदी, कुलप्रसाद चालिसे, निलकण्ठ चालिसे, खगेन्द्र सुवेदी, रामचन्द्र सुवेदी, अनिल सुवेदी, अमृत सुवेदी, सन्तोष सुवेदी, अर्जुन सुवेदी, यज्ञप्रसाद सुवेदी, कुलबहादुर क्षेत्री , दिपेन्द्र चालिसे लगायत रहेका छन् । समाजको कानुनी सल्लाहकारमा हिराबहादुर कार्की रहेका छन् ।

 समाजले बृहत भेला आयोजना गरेर समाजलाई व्यवस्थित बनाउने तथा खौलालाँकुरीको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सहयोग पु¥याउनका लागि सरकारी तथा गैह्र सरकारी क्षेत्रसँग  समन्वय र पहल गर्ने अध्यक्ष युवराज पौडेलले जानकारी दिए  । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register