‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’  सार्वजनिक गरेको छ । बैंकले आइतबार आर्थिक वर्ष २०८१/८२ को छ महिनाको तथ्याङ्कमा आधारित रहेर रिपोर्ट सार्वजनिक गरेको हो । सार्वजनिक रिपोर्ट अनुसार  वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । यस्तै आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले […]

Feb 2, 2025 - 12:45
 0
‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’  सार्वजनिक गरेको छ । बैंकले आइतबार आर्थिक वर्ष २०८१/८२ को छ महिनाको तथ्याङ्कमा आधारित रहेर रिपोर्ट सार्वजनिक गरेको हो ।

सार्वजनिक रिपोर्ट अनुसार  वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । यस्तै आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले बढेको छ । यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशतलेर अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु. २४९ अर्ब २६ करोडले बचतमा रहेको छ ।

यस्तै कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ भने नेपाल सरकारको खर्च रु. ६६७ अर्ब ६० करोड र राजस्व परिचालन रु.५५९ अर्ब ६१ करोड रहेको बैंकले जनाएको  छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

 हेर्नुस् राष्ट्र बैंकको रिपोर्ट-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register