बैंकिङ कसुर मुद्दामा फरार रहेकी सुस्मिता पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं ३ गाभर घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २९ अनामनगर बस्ने २७ वर्षीया सुस्मिता परियार रहेकी छिन्। सम्मानित जिल्ला अदालत सुर्खेतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई उनी फरार रहेकी थिइन्।  परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान […]

Feb 2, 2025 - 12:36
 0
बैंकिङ कसुर मुद्दामा फरार रहेकी सुस्मिता पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं ३ गाभर घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २९ अनामनगर बस्ने २७ वर्षीया सुस्मिता परियार रहेकी छिन्।

सम्मानित जिल्ला अदालत सुर्खेतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई उनी फरार रहेकी थिइन्।  परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले अनामनगरबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register