दुर्गा प्रसाईंलाई आजै अदालतमा पेस गर्ने तयारी

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमाण्डर’ दुर्गा प्रसाईंलाई आजै अदालतमा पेस गर्ने तयारी गरिएको छ । प्रसाईंलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । उनलाई हत्कडीसहित थुनुवा विफ लगाएर राखिएको छ । प्रसाईंलाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो । प्रसाईं यही चैत […]

Apr 11, 2025 - 09:11
 0
दुर्गा प्रसाईंलाई आजै अदालतमा पेस गर्ने तयारी

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमाण्डर’ दुर्गा प्रसाईंलाई आजै अदालतमा पेस गर्ने तयारी गरिएको छ ।

प्रसाईंलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । उनलाई हत्कडीसहित थुनुवा विफ लगाएर राखिएको छ ।

प्रसाईंलाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो ।

प्रसाईं यही चैत १५ गते तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका थिए । उनले बिहीबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले उनलाई काँकडभिट्टा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register