नेरिक एकेडेमी, ज्ञान निकेतन र रोज बडलाई उपाधि

काठमाडौं । १०औं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि नेरिक एकेडेमी, ज्ञान निकेतन र रोज बडले उचालेका छन् । बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा आइतबार सम्पन्न प्रतियोगितामा ज्ञान निकेतन सिनियर बोइज, नेरिक जुनियर बोइज र रोज बड सिनियर गल्र्समा च्याम्पियन भएका हुन् । सिनियर बोइज फाइनलमा ज्ञान निकेतनले नेरिकलाई ४२–३० ले पराजित गर्‍यो । ज्ञान निकेतनका […]

Feb 3, 2025 - 06:36
 0
नेरिक एकेडेमी, ज्ञान निकेतन र रोज बडलाई उपाधि

काठमाडौं । १०औं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि नेरिक एकेडेमी, ज्ञान निकेतन र रोज बडले उचालेका छन् ।

बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा आइतबार सम्पन्न प्रतियोगितामा ज्ञान निकेतन सिनियर बोइज, नेरिक जुनियर बोइज र रोज बड सिनियर गल्र्समा च्याम्पियन भएका हुन् ।

सिनियर बोइज फाइनलमा ज्ञान निकेतनले नेरिकलाई ४२–३० ले पराजित गर्‍यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले १३ अंक जोडे । जुनियर बोइजको फाइनलमा नेरिकले ज्ञान निकेतनलाई  ३२–२२ ले हरायो । नेरिकका सविन खत्रीले १२ स्कोर गरे ।

सिनियर गल्र्सको फाइनलमा रोज बडले मातृभूमिलाई १६–१४ ले हरायो । रोज बडकी अविस्का थापाले  ८ अंक जोडिन् । सिनियर बोइजमा ज्ञान निकेतनका सवाज मन्सुर खान, जुनियर बोइजमा सविन खत्री र सिनियर गल्र्समा अविस्का थापा मोस्ट भेलुएबल प्लेयर घोषित भए ।

सिनियर बोइजमा नेरिकका सुशल मगर, जुनियर बोइजमा ज्ञान निकेतनका करण राई र सिनियर गल्र्समा मातृभूमिकी श्रुति कुटु प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता भए । सिनियर बोइजमा क्याम्पियन काठमाडौं, जुनियर बोइजमा काभ्या र सिनियर गल्र्समा नेपाल मेगाले अनुशासित टिमको उपाधि प्राप्त गरे ।

विजेतालाई काठमाडौं महानगरपालिका वडा १० का अध्यक्ष रामकुमार केसी र सदस्य सतीश तण्डुकार, बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठ, इनोभेटिभका निर्देशक हर्क थापा, प्रिन्सिपल विजय थापा र भाइस प्रिन्सिपल तस्निम मुजैदलगायतले पुरस्कृत गरे । माघ १३ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर बोइजमा १४, जुनियर बोइजमा १० र सियिनर गल्र्समा ८ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register