भूमिसम्बन्धी अध्यादेशले भू-माफियाको मात्रै हित गर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेशले पर्यावरण र मुलुकको अर्थतन्त्रलाई सङ्कटमा पार्ने जिकिर गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित भूमिसम्बन्धी अध्यादेश विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले यस्तो तर्क गरेका हुन् । सरकारले ल्याएको अध्यादेशले देशलाई मरुभूमिकरण गर्ने उनको आरोप छ । “देशलाई मरूभूमिकरण गर्ने कानुन ल्याउने काम भयो । यो […]

Feb 28, 2025 - 12:16
 0
भूमिसम्बन्धी अध्यादेशले भू-माफियाको मात्रै हित गर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेशले पर्यावरण र मुलुकको अर्थतन्त्रलाई सङ्कटमा पार्ने जिकिर गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित भूमिसम्बन्धी अध्यादेश विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले यस्तो तर्क गरेका हुन् । सरकारले ल्याएको अध्यादेशले देशलाई मरुभूमिकरण गर्ने उनको आरोप छ ।

“देशलाई मरूभूमिकरण गर्ने कानुन ल्याउने काम भयो । यो अध्यादेश हिमालको हितमा पनि छैन । पहाडको हितमा पनि छैन र मधेसको हितमा पनि छैन । देशको अर्थतन्त्र चौपट गर्ने र पर्यावरणलाई नष्ट गर्ने उद्देश्यसहितको अध्यादेश छ,” उनले भने ।

अध्यादेश पास भए सुकुम्बासीको नाममा भू-माफिया, विचौलियाहरु, रियल स्टेटहरुले लाभ लिने उनको भनाइ छ । अध्यादेश पास भएमा नेपालले अन्तर्राष्ट्रिय मञ्चबाट वन संरक्षणको लागि प्राप्त गर्दै आएको सहायता रोकिने उनको भनाइ छ ।

“सुकुम्बासीको नाममा भू-माफिया, विचौलियाहरु, रियल स्टेटहरुले सुकुम्वासीको नाममा राज्यको महत्वपूर्ण जग्गा हडप्ने र त्यसलाई बिक्री वितरण गर्ने अनि बसोबास गराउने यो धन्दा भएको मलाई लागेको छ,” उनले भने ।

सरकारले बनाएको भूमि आयोग भूमिहीनको समस्या समाधान गर्नको लागि नभई भूमाफियाहरुमार्फत अनुचित लाभ लिन र देशलाई बर्बाद पार्ने उद्देश्य राखेको उनको आरोप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register