क्रान्तिकारीका निवर्तमान उपाध्यक्षदेखि महासचिवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन सुझाव

काठमाडौँ । नेकपा माअवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट उमेर हदका कारण बिदा भएकाहरूको जिम्मेवारी तोक्न बनेको कार्यदलले सिफारिस प्रतिवेदन बुझाएको छ । उक्त कार्यदलले उपाध्यक्षदेखि महासिचवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य र त्यसमुनि सचिवालय सदस्यसम्मका नेतालाई प्रदेश समिति, केन्द्रीय विभाग वा पार्टीका कुनै तहमा व्यवस्थापन गर्न सुझाव दिएको छ । माओवादीले विद्यार्थीमा उमेर हद […]

Feb 3, 2025 - 08:09
 0
क्रान्तिकारीका निवर्तमान उपाध्यक्षदेखि महासचिवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन सुझाव

काठमाडौँ । नेकपा माअवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट उमेर हदका कारण बिदा भएकाहरूको जिम्मेवारी तोक्न बनेको कार्यदलले सिफारिस प्रतिवेदन बुझाएको छ ।

उक्त कार्यदलले उपाध्यक्षदेखि महासिचवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य र त्यसमुनि सचिवालय सदस्यसम्मका नेतालाई प्रदेश समिति, केन्द्रीय विभाग वा पार्टीका कुनै तहमा व्यवस्थापन गर्न सुझाव दिएको छ ।

माओवादीले विद्यार्थीमा उमेर हद लगाएपछि बिदा हुने नेताहरूको व्यवस्थापनका लागि उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा हिमाल शर्मा र पञ्चा सिंह सदस्य रहेको कार्यदल बनाएको थियो । उक्त कार्यदलले निवर्तमान उपाध्यक्षदेखि महासचिवसम्मलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेको हो ।

कार्यदलले तयार पारेको प्रतिवेदन आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । विद्यार्थी संगठनका इन्चार्जसमेत रहेका कार्यदल सदस्य हिमाल शर्माका अनुसार सोपान बमोजिम रुचि र क्षमतालाई मध्यनजर गरी जिम्मेवारी दिने प्रस्ताव सिफारिस गरिएको छ ।

माओवादीको विद्यार्थी संगठन ३२ वर्ष उमेर हद लगाउने पक्ष र विपक्षमा पुस १३ गते चुनाव भएको थियो । सो चुनावमा उमेर हद पक्षधर विजयी भएपछि माघ १२ गते ३२ वर्ष मुनिका विद्यार्थी नेताहरूबीच अखिल क्रान्तिकारीको चुनावी प्रतिस्पर्धा भएको थियो ।

उमेर हदका कारण पुरानो समितिमा १७९ जना पदाधिकारीमध्ये १३८ जना बाहिरिएका छन् । तीमध्ये अध्यक्ष पञ्चासिंह पहिले नै केन्द्रीय सदस्य छिन् भने निवर्तमान उपाध्यक्ष र महासचिव गरी १८ जना उमेर हदका कारण बाहिरिएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register