नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्ड १९.५ ओभरमा ८६ रन बनाएर अलआउट भएको हो । थाइल्याण्डका लागि चानिदा सुट्ठिरुआङ्गले २७ र फनिता मायाले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेदरल्याण्ड्सका लागि इरिस […]

Feb 3, 2025 - 08:00
 0
नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्ड १९.५ ओभरमा ८६ रन बनाएर अलआउट भएको हो ।

थाइल्याण्डका लागि चानिदा सुट्ठिरुआङ्गले २७ र फनिता मायाले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

नेदरल्याण्ड्सका लागि इरिस ज्विलिङ, इभा लिन्च, र सिल्भर सिगर्सले २–२ विकेट लिइन् । इसाबेल भान डर वोनिङले १ विकेट लिइन् ।

टस जितेर नेदरल्याण्ड्सले पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register