जुम्लामा आगलागी : दुई घर जलेर नष्ट

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका– ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । चन्दननाथ–३ का खिपप्रसाद उपाध्याय र धर्मप्रसाद उपाध्यायको घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख छेदिलाल कामतीले जानकारी दिए । विद्युतकाे तार सट भएर आगो लागेको अनुमान गरिएको छ । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र […]

Feb 4, 2025 - 00:54
 0
जुम्लामा आगलागी : दुई घर जलेर नष्ट

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका– ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।

चन्दननाथ–३ का खिपप्रसाद उपाध्याय र धर्मप्रसाद उपाध्यायको घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख छेदिलाल कामतीले जानकारी दिए । विद्युतकाे तार सट भएर आगो लागेको अनुमान गरिएको छ ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी परिचालन गरिएको छ । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register