छात्रा शिक्षाको पक्षमा बोल्ने तालिबानका उपविदेशमन्त्रीले छोडे अफगानिस्तान

काठमाडौं । तालिबानका उपविदेशमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाईले देश छोडेका छन् । उनी अफगानिस्तान छोडेर यूएई गएका छन् । स्तानिकजाईले छात्रालाई शिक्षामा प्रतिबन्ध लगाउने सरकारको निर्णयको आलोचना गरेका थिए । तालिबानले अफगानी छात्रालाई माध्यमिक र उच्च शिक्षामा प्रवेश लिन प्रतिबन्ध लगाएको छ । जनवरी २० मा पाकिस्तान सीमा नजिकै रहेको खोस्ट प्रान्तमा आयोजित एक स्नातक समारोहमा […]

Feb 4, 2025 - 07:27
 0
छात्रा शिक्षाको पक्षमा बोल्ने तालिबानका उपविदेशमन्त्रीले छोडे अफगानिस्तान

काठमाडौं । तालिबानका उपविदेशमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाईले देश छोडेका छन् । उनी अफगानिस्तान छोडेर यूएई गएका छन् ।

स्तानिकजाईले छात्रालाई शिक्षामा प्रतिबन्ध लगाउने सरकारको निर्णयको आलोचना गरेका थिए । तालिबानले अफगानी छात्रालाई माध्यमिक र उच्च शिक्षामा प्रवेश लिन प्रतिबन्ध लगाएको छ ।

जनवरी २० मा पाकिस्तान सीमा नजिकै रहेको खोस्ट प्रान्तमा आयोजित एक स्नातक समारोहमा बोल्दै स्तानिकजाईले भनेका थिए, “पैगम्बर मुहम्मदको समयमा पनि शिक्षाको बाटो पुरुष र महिला दुवैका लागि खुला थियो । त्यहाँ यति उल्लेखनीय महिलाहरू थिए कि यदि मैले उनीहरूको योगदानको विवरण दिनुपर्यो भने मलाई धेरै समय लाग्नेछ ।”

स्तानिकजाईको यो बयानपछि तालिबान नेता मुल्ला अखुन्दजादाले उनलाई पक्राउ गर्न आदेश दिएका थिए ।

स्टानिकजाई अफगानिस्तानको लोगर प्रान्तको बाराकी बराक जिल्लाका हुन् । सन् १९६३ मा जन्मेका उनी तालिबान लडाकुहरू जस्तै पस्तुन हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेपछि उनले भारतको देहरादुनको भारतीय सैन्य एकेडेमीमा तालिम लिए ।

भारतमा लिम पूरा गरेपछि उनी अफगान सेनामा भर्ती भएका थिए । सोभियत सङ्घ–अफगानिस्तान युद्धको समयमा उनी अफगान सेनामा थिए । सन् १९९६ मा उनले अफगान सेना छोडे । त्यतिबेला अफगानिस्तानमा तालिबान सत्तामा आएको थियो । जागिर छोडेपछि उनी तालिबानमा सामेल भए ।

तालिबानले गत डिसेम्बरमा महिलाहरूलाई नर्सिङ तालिममा पनि प्रतिबन्ध लगाएको थियो ।

समाचार एजेन्सी एएफपीकाअनुसार गत डिसेम्बरमा काबुलमा भएको स्वास्थ्य अधिकारीहरूको बैठकमा तालिबान सरकारको निर्णयको घोषणा गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register