सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ३० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समिति बैठकले ३० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी साधारणसभाले स्वीकृत […]

Feb 4, 2025 - 07:27
 0
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ३० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समिति बैठकले ३० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

यसअघि इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ११ प्रतिशत नगद लाभांश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register