तीनकुने घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने राप्रपा नेपालको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरेको छ । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले तीनकुनेमा भएको घटनालाई अराजक र हिंसात्मक बनाउन सरकार स्वयंले नियोजित षडयन्त्र गरेको निष्कर्ष समेत निकालेको छ । […]

Apr 7, 2025 - 13:59
 0
तीनकुने घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने राप्रपा नेपालको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरेको छ ।

राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले तीनकुनेमा भएको घटनालाई अराजक र हिंसात्मक बनाउन सरकार स्वयंले नियोजित षडयन्त्र गरेको निष्कर्ष समेत निकालेको छ ।

साथै, राप्रपाका नेताहरू धवल शमसेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्र राजभण्डारी, आशिष तामाङ लगायतका झुठा मुद्दा लगार्इ थुनामा राखिएका सबैलाई तत्काल रिहा गर्न पनि राप्रपा नेपाल सरकारसँग माग गरेको छ ।

यस्तै, हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको पुन:स्थापना गर्न तथा विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन डा.जगमान गुरुङको संयोजकत्वमा गठन भएको ‘संयुक्त जनआन्दोलन’ समितिलाई राप्रपा नेपालले पूर्ण रूपले सहयोग र समर्थन गर्ने जनाएको छ ।

गुरुङको संयोजकत्वमा गठित ‘संयुक्त जनआन्दोलन’ समितिले यही चैत २७ गते बुधवार आयोजना गर्ने ‘प्रतिवद्धता सभा’ लाई सफल बनाउन राप्रपा नेपालले सक्रिय सहयोग गर्ने राप्रपा नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register