वेस्ट बैङ्कमा गोली प्रहारबाट दुई इजरायली सैनिकको मृत्यु

जेरुसेलम । वेस्ट बैङ्कको चेकपोस्टमा मङ्गलबार भएको गोलीकाण्डमा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । सेनाले मारिएका सिपाहीहरूमध्ये एक ३९ वर्षीय ८२११ औं बटालियनमा स्क्वाड कमाण्डर रहेको बताए । सेनाले आक्रमणमा अर्का एक सिपाही मारिएको बताएको छ । उक्त सिपाहीको नाम अझै गोप्य राखेको छ । सेनाले थप दुई रिजर्भ सिपाहीहरू गम्भीर […]

Feb 5, 2025 - 02:09
 0
वेस्ट बैङ्कमा गोली प्रहारबाट दुई इजरायली सैनिकको मृत्यु

जेरुसेलम । वेस्ट बैङ्कको चेकपोस्टमा मङ्गलबार भएको गोलीकाण्डमा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

सेनाले मारिएका सिपाहीहरूमध्ये एक ३९ वर्षीय ८२११ औं बटालियनमा स्क्वाड कमाण्डर रहेको बताए ।

सेनाले आक्रमणमा अर्का एक सिपाही मारिएको बताएको छ । उक्त सिपाहीको नाम अझै गोप्य राखेको छ ।

सेनाले थप दुई रिजर्भ सिपाहीहरू गम्भीर घाइते भएको र अन्य ६ जनालाई सामान्य चोट लागेको बताए ।

एक प्यालेस्टिनी आक्रमणकारी एम–१६ राइफल लिएर उत्तरी जोर्डन उपत्यकाको प्यालेस्टिनी गाउँ बाहिर एक चेकपोस्टको प्रवेशद्वारमा पुग्यो । उनी इजरायली सिपाहीको पर्खाइमा थिए र बिहान सबेरै गोली चलाउन थाले ।

हमास र प्यालेस्टाइन इस्लामिक जिहादले आक्रमणको प्रशंसा गरे तर जिम्मेवारी लिएनन् ।

इजरायली सेनाले उत्तरी वेस्ट बैङ्कमा ठूलो मात्रामा कारबाही विस्तार गर्ने घोषणा गरेको दुई दिनपछि उक्त घटना भएको हो ।

प्यालेस्टाइनी तथ्याङ्कका अनुसार गत महिना जेनिनमा आक्रमण सुरु भएदेखि इजरायली सेनाले कम्तीमा २७ जना मारेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register