इजरायली राष्ट्रपतिले भने – विपिन जोशीसहित सबै बन्धक रिहा गर्न हरसम्भव प्रयास गरिरहेका छौँ

काठमाडौं । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन त्यहाँका राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् । पण्डितले मङ्गलबार राष्ट्रपति हेर्जोगसँगको टेलिफोन वार्तामा सो आग्रह गरेका हुन् । जवाफमा हेर्जोगले जोशी सहितसबै बन्धकहरूको सुरक्षित रिहाइ र स्वदेश फिर्ता सुनिश्चित गर्न इजरायलले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । हमास र इजरायलबीच […]

Feb 5, 2025 - 07:12
 0
इजरायली राष्ट्रपतिले भने – विपिन जोशीसहित सबै बन्धक रिहा गर्न हरसम्भव प्रयास गरिरहेका छौँ

काठमाडौं । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन त्यहाँका राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् ।

पण्डितले मङ्गलबार राष्ट्रपति हेर्जोगसँगको टेलिफोन वार्तामा सो आग्रह गरेका हुन् ।

जवाफमा हेर्जोगले जोशी सहितसबै बन्धकहरूको सुरक्षित रिहाइ र स्वदेश फिर्ता सुनिश्चित गर्न इजरायलले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

हमास र इजरायलबीच जारी युद्धविरामको क्रममा दुवैतर्फले बन्धक रिहा गरिरहेका छन् । नेपालले पनि जोशीको रिहाइका लागि पहल गरिरहेको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register