इटहरी गोल्डकप : उपाधिका लागि सगरमाथा र मच्छिन्द्र भिड्दै

इटहरी । १५औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार सगरमाथा यूथ क्लब मोरङ र मच्छिन्द्र फुटबल क्लब आमेनसामने हुँदैछन् । इटहरी रङ्गशालामा हुने फाइनल खेलमा दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन्। लगातार दुई पटकको विजेता सगरमाथा होम ग्राउन्डमा आफ्नो उपाधि रक्षा गर्ने आत्मविश्वासमा देखिन्छ । सगरमाथाका कप्तान अशोक खवासले शुक्रबार […]

Feb 22, 2025 - 06:14
 0
इटहरी गोल्डकप : उपाधिका लागि सगरमाथा र मच्छिन्द्र भिड्दै

इटहरी । १५औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार सगरमाथा यूथ क्लब मोरङ र मच्छिन्द्र फुटबल क्लब आमेनसामने हुँदैछन् ।

इटहरी रङ्गशालामा हुने फाइनल खेलमा दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन्।

लगातार दुई पटकको विजेता सगरमाथा होम ग्राउन्डमा आफ्नो उपाधि रक्षा गर्ने आत्मविश्वासमा देखिन्छ । सगरमाथाका कप्तान अशोक खवासले शुक्रबार भएको प्री-म्याच कन्फ्रेस मा होम ग्राउन्डको फाइदा र स्थानीय दर्शकको समर्थन उपाधि चुम्ने बताएका थिए ।

टिमका प्रशिक्षक युवेन गुरुङले मच्छिन्द्र क्लब लगातार प्रतियोगिता खेल्दा खेलाडीमा थकान भएको हुँदा त्यसको फाइदा उठाउने रणनीति बनाएको बताएका थिए ।

यता, पहिलो पटक प्रतियोगितामा सहभागी भएको मच्छिन्द्रले उपाधि जित्ने आत्मविश्वास गरेको जनाएको छ । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले सगरमाथाको खेल शैली अध्ययन गरी विशेष रणनीति बनाएको बताएका छन् ।

टिम म्यानेजर शिरिष श्रेष्ठले लगातार प्रतियोगितामा सहभागी हुँदा खेलाडीहरूमा केही दबाब भएपनि त्यसलाई व्यवस्थापन गरिने बताए।

सगरमाथाले क्वार्टर फाइनलमा एनआरटी र सेमिफाइनलमा धरान फुटबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

त्यसैगरी मच्छिन्द्रले क्वार्टरमा झापा फुटबल क्लब र सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ । खेल इटहरी रङ्गशालामा दिउँसो  ३ बजेदेखि सुरु हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register