सरस्वती मूर्ति विसर्जन गर्दा नदीमा डुबेर युवकको मृत्यु

काठमाडौं । सरस्वती मूर्ति विसर्जन गर्ने क्रममा बाग्मती नदीमा डुबेर एक युवको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका-६ मा रहेको बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादवको डुबेर बेपता भएका थिए । मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका […]

Feb 5, 2025 - 07:47
 0
सरस्वती मूर्ति विसर्जन गर्दा नदीमा डुबेर युवकको मृत्यु

काठमाडौं ।

सरस्वती मूर्ति विसर्जन गर्ने क्रममा बाग्मती नदीमा डुबेर एक युवको मृत्यु भएको छ ।

रौतहटको राजदेवी नगरपालिका-६ मा रहेको बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादवको डुबेर बेपता भएका थिए ।

मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए । उनको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register