‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या

काठमाडौं । हाल प्रदर्शनरत चलचित्र ‘एक्टरः टेक वन’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले नयाँ नेपाली चलचित्र ‘माया प्रीति’मा प्रमुख भूमिका निभाउने भएकी छन् । निर्माणाधीन यस चलचित्रका कार्यकारी निर्माता सन्तोषकुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन् । ‘रोमान्टिक कमेडी’ भनिएको यो चलचित्रलाई अवि श्रेष्ठले […]

Feb 5, 2025 - 07:48
 0
‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या

काठमाडौं । हाल प्रदर्शनरत चलचित्र ‘एक्टरः टेक वन’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले नयाँ नेपाली चलचित्र ‘माया प्रीति’मा प्रमुख भूमिका निभाउने भएकी छन् । निर्माणाधीन यस चलचित्रका कार्यकारी निर्माता सन्तोषकुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन् ।

‘रोमान्टिक कमेडी’ भनिएको यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ । श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।

चलचित्रमा अनुबन्ध भएपछि चर्चित अभिनेता दिलिप रायमाझीकी छोरीसमेत रहेकी दिव्याले नेपाली सिनेमाको संस्कारमा हुर्किएका कारण आफूलाई राम्रो स्क्रिप्ट छनोट गर्न सजिलो भएको बताइन् । ‘माया प्रीति’को कथा आफूले खोजे जस्तै भएको उनको भनाइ छ । तर, उनले आफ्नो भूमिकाबारे भने खुलासा गर्न चाहिनन् ।

दिव्याले आफ्नो पहिलो चलचित्र ‘एक्टरः टेक वन’मा नै उत्कृष्ट अभिनय गरेकाले उनलाई ‘माया प्रीति’को लागि अफर गरिएको कार्यकारी निर्माता कार्कीले बताए । उनले दिव्याका लागि यस चलचित्रको चरित्र उपयुक्त रहेको र स्क्रिप्टले उनलाई न्याय गर्ने भएकाले अनुबन्ध गरिएको स्पष्ट पारे ।

वन टू थ्री स्टुडियोज प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रमा चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहनेछिन् । यो चलचित्रको निर्माण समूह नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी समूह हो । क्रिएटिभ निर्देशक प्रणव जोशी यसअघि २०७२ सालमा रिलिज भएको चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन् । साथै, उनी एक कुशल एआई कलाकार पनि हुन् ।

यस चलचित्रको छायाङ्कन चाँडै सुरु हुने तयारीमा छ भने अन्य कलाकारहरूको घोषणा क्रमशः गरिने बताइएको छ । चलचित्रको कलाकार म्यानेजमेन्ट लिभेन्ट्स् स्टुडियोले गर्नेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register