नेपालले नेदरल्याण्ड्सलाई दियो १४६ रनको लक्ष्य, पूजाको अर्धशतक

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १४५ रन बनाएको हो । नेपालका लागि पूजा महतोले अर्धशतकीय पारी खेलिन् । ५१ बलमा ५ चौका प्रहार गर्दै उनी ६२ रनमा अविजित रहिन् । पाँचौं […]

Feb 5, 2025 - 07:51
 0
नेपालले नेदरल्याण्ड्सलाई दियो १४६ रनको लक्ष्य, पूजाको अर्धशतक

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।

नेपालका लागि पूजा महतोले अर्धशतकीय पारी खेलिन् । ५१ बलमा ५ चौका प्रहार गर्दै उनी ६२ रनमा अविजित रहिन् ।

पाँचौं बलमा सम्झना खड्का ६ र २.४ ओभरमा ममता चौधरी १ रनमा आउट हुँदा धर्मराएको नेपाली ब्याटिङलाई पूजा र कप्तान इन्दु बर्माको साझेदारीले सम्मानजनक योगफलतर्फ लग्यो ।

तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजाले ७८ रनको साझेदारी गरे । इन्दुले भने ३९ रन बनाइन् ।

रुबिना क्षेत्रीले २० रन बनाउँदा कविता जोशी भने ७ रनमा अविजित रहिन् ।

नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङले २ तथा हेदर सिगर्स र क्यारोलिन डे लाङ्गेले १–१ विकेट लिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register