ज्येष्ठ नागरिकको गुनासो सुन्दै नगरप्रमुख, ७० कटेका दशैंमा सरप्राइज दिने

शिवसताक्षी, २३ माघ । झापाको शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालनमा रहेको छ । शिवसताक्षी नगरभित्रका ज्येष्ठ नागरिकका समस्या र उहाँहरुको गुनासाहरुको सुन्ने र त्यसको सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको तय गरिएको थियो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले ज्येष्ठ नागरिकको आर्शिवाद र योगदानले आज हामी यहाँसम्म आइपुगेको बताउनु भयो । नगरप्रमुखले भन्नुभयो, ज्येष्ठ नागरिकसँगको भलाकुसारीबाट [...] The post ज्येष्ठ नागरिकको गुनासो सुन्दै नगरप्रमुख, ७० कटेका दशैंमा सरप्राइज दिने appeared first on Jhapa Online.

Feb 5, 2025 - 13:52
 0
ज्येष्ठ नागरिकको गुनासो सुन्दै नगरप्रमुख, ७० कटेका दशैंमा सरप्राइज दिने

शिवसताक्षी, २३ माघ । झापाको शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालनमा रहेको छ । शिवसताक्षी नगरभित्रका ज्येष्ठ नागरिकका समस्या र उहाँहरुको गुनासाहरुको सुन्ने र त्यसको सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको तय गरिएको थियो ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले ज्येष्ठ नागरिकको आर्शिवाद र योगदानले आज हामी यहाँसम्म आइपुगेको बताउनु भयो । नगरप्रमुखले भन्नुभयो, ज्येष्ठ नागरिकसँगको भलाकुसारीबाट उहाँहरु समस्या र गुनासाहरुलाई केही मलपट्टी लगाउनका लागि आफ्नै योजनामा कार्यक्रम तय गरिएको हो ।

अशक्त बृद्ध बृद्धाहरुको आफ्ना गुनासाहरु नगरपालिका सम्म आएर भन्न सक्दैनन् त्यसैले पनि नागरिक भएकै स्थानमा थियो । मंगलबार शिवसताक्षीको ६ नं. वडामा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सम्पन्न भएको छ। शिवसताक्षीका वडा नं. ४,५,६ र ७ का नागरिकहरुलाई भेला गरिएको थियो ।

कार्यक्रममा जेष्ठ नागरिकले नगरप्रमुखसँग सार्वजनिक यातायातका साधनमा भाडा छुट नदिने, औषधि उपचारका लागि स्वास्थ्य संस्थाहरुमा अरुसरह लाइन बस्नुपर्ने, वित्तीय संस्थाहरुमा घन्टौ लाइन बसेर मात्र सेवा लिन पाउने बाध्यता रहेको गुनासो गरे ।

सरकारले दिएको बीमा सुविधाबाट औषधि उपचार गर्न जाँदा तल्लो दर्जाको व्यवहार गरिएको, स्वास्थ्य संस्थाहरुले लेखिदिएको औषधि नगरका स्वास्थ्य संस्थाले नदिएको कुरा नगरप्रमुखसँग राखेका थिए । उनीहरुले नगरप्रमुखलाई ज्येष्ठ नागरिक चौतारा र भवन बनादिएकोमा धन्यवाद दिएका थिए । केही स्थानमा अझै चौतारा आवश्यक भएको र बनाइसकेको चौताराहरुमा शौचालय नभएको गुनासो गरेका थिए ।

कार्यक्रममा मेयरले ज्येष्ठ नागरिकहरूको गुनासो र सुझाव सुन्दै उनीहरूको हक अधिकारको संरक्षणमा नगरपालिकाको दायित्वलाई पुनः स्पष्ट पार्नुभयो । कार्यक्रममा स्वास्थ्य, सामाजिक सुरक्षा भत्ता, भौतिक पहुँच र मनोरञ्जनका सुविधा जस्ता विषयमा ज्येष्ठ नागरिकहरूले आफ्ना समस्या र सुझाव प्रस्तुत गर्नु भएको थियो ।

नगर प्रमुखले ज्येष्ठ नागरिकका समस्याहरूलाई सम्बोधन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको जनाउँदै स्वास्थ्य सेवा विस्तार, ज्येष्ठ नागरिक मैत्री पार्क निर्माण र सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउने योजना रहेको जानकारी दिनु भयो ।

जेष्ठ नागरिकका कुरा सुनिरहँदा नगर प्रमुख थोप्राले आफ्नै बुवा आमाले छोरासंग जीवनको उत्तराद्र्धमा गरेका हक, अधिकार र आवश्यकताका बारेमा कुरा राखेको आफूलाई अनुभूति भएको बताए । उहाँले मलिन स्वरमा भन्नु भयो ‘मेरो बुवा आमा भनेकै तपाईहरु हो । जसरी मलाई मत दिएर नगर प्रमुख जस्तो ठाउँमा पुर्याउनु भयो । त्यसको गुण तिर्ने योजना बनाएको छु ।’ आउने दशैमा सामाजिक सुरक्षा भत्तासँगै शिवसताक्षी नगरको तर्फबाट ७० वर्ष पुगेका तपाई बुवा आमाले केही न केही सरप्राइज पाउनु हुनेछ ।

नगरप्रमुखले ज्येष्ठ नागरिकको समस्या र गुनासो व्यक्तिगत रुपमा एक्लै राख्न पनि सुविधा दिएका थिए ।

नगर प्रमुख थोप्राका बुवा तोयाहाङ ०६४ सालमै परमधाम भएका थिए । आमा चण्डीमाया ०३९ सालमै बेपत्ता भएकी थिईन । उनी अझैसम्म बेपत्ता नै छन । नगर प्रमुख थोप्राले भने, ‘मैले मेरो आमाको माया धेरै पाउन सकिनँ । बुवाले पनि बेलैमा छोडेर जानुभयो । अब, मेरो अभिभावक अर्थात बुवा आमा भनेकै तपाईहरुको हो ।’

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले ज्येष्ठ नागरिकहरुलाई बुढेसकालमा सबैसँग भेला हुने, मनोरञ्जन गर्ने, सबैसँग तिता मिठा अनुभवहरु साटा साट गर्नका लागि वडाको १० शिलिङ बजेटबाट शिवसताक्षी ६ ज्येष्ठ नागरिक भेटघाट चौतारी निर्माण गरेको बताउनु भयो

कार्यक्रममा आठ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो भने, २ सय ज्येष्ठ नागरिक उपस्थित थिए । कार्यक्रम ज्येष्ठ नागरिक नगर समितिले आयोजना गरेको थियो ।

The post ज्येष्ठ नागरिकको गुनासो सुन्दै नगरप्रमुख, ७० कटेका दशैंमा सरप्राइज दिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register