प्रधानमन्त्री ओलीको निर्देशन – त्रिवि क्रिकेट रङ्गशालाको स्तरोन्नतिका काम छिटो अघि बढाउनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयका विषयमा बुधबार ब्रिफिङ लिँदै उनले त्रिवि क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यलाई छिटो अघि बढाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले पद […]

Feb 6, 2025 - 03:24
 0
प्रधानमन्त्री ओलीको निर्देशन – त्रिवि क्रिकेट रङ्गशालाको स्तरोन्नतिका काम छिटो अघि बढाउनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयका विषयमा बुधबार ब्रिफिङ लिँदै उनले त्रिवि क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यलाई छिटो अघि बढाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले पद बहालीका क्रममा ३०० दिनभित्र उक्त रङ्गशालाको स्तरोन्नति गर्ने निर्णय लिएका थिए । रङ्गशालामा प्यारापिट र फ्लडलाइट निर्माणका लागि मन्त्रालयले आव्हान गरेको बोलपत्रबमोजिम मूल्याङ्कनको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो । प्रधानमन्त्री ओलीले यस चरणको काम जारी हुँदै अर्को चरणको निर्माणको कामका लागि सम्झौता प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा हरेक जेठ १५ मा संसद्मा बजेट आउने हुँदा नयाँ आर्थिक वर्ष सुरु भए देखि नै तदारुकताका साथ बजेट र कार्यक्रमको कार्यान्वयन हुनुपर्नेमा ढिलाइ हुने आम प्रवृत्तिप्रति चिन्ता प्रधानमन्त्री ओलीले व्यक्त गरेहका हुन् । सो मन्त्रालयको चालु आवको चालु प्रगति १९ दशमलव ३५ र पुँजीगत प्रगति १२ दशमलव ०४ मात्रै भएको पाइए पनि समग्र कार्य प्रगति सन्तोषजनक पाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले पूर्वाधार निर्माणमा ढिलाइ भएमा मुलुकको उत्पादन र उत्पादकत्ववृद्धिमा असर पर्ने भएकाले ढिलाइ नगरी काम गर्न निर्देशन दिए ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित उच्चाधिकारीसमेतको सहभागितामा भएको छलफलमा मन्त्रालयमातहत रहेका सङ्घीय संसद भवन, धरहरा, सङ्घीय मन्त्रीहरुको निवास, दमक व्यापारिक कम्ल्पेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्र बैँकको भवन निर्माण, हस्तान्तरण, सञ्चालन र मन्त्रालयको भावी योजनाबारे अवगत गराइएको थियो ।

यसैबीच प्रधानमन्त्री ओलीले पनि नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का र नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेललगायतसँगको भेटको तस्वीर सामाजिक सञ्जालमा राख्दै यसबारे जानकारी दिएका छन् ।

‘अस्ति हाम्रा खेलाडी रोहित पौडेल, इन्दु बर्मा, पूजा महतोसहित क्यानका सचिव पारस खड्कासँगको भेटमा कीर्तिपुर र मूलपानीको क्रिकेट रङ्गशालासहित समग्र नेपाली क्रिकेटको कुरा भएको थियो । त्यसको भोलिपल्टै बुधबार सहरी विकासमन्त्रीसहित सचिव र मन्त्रालयका पदाधिकारीहरूसँग कीर्तिपुरमा क्रिकेट रङ्गशाला तोकिएको समयमै निर्माण गरिसक्न के भइरहेको छ भन्ने विषयमा छलफल गरेको छु,’ उनले फेसबूकमा लेखेका छन्, ‘पहिलो चरणमा फ्लडलाइट, प्यारापिट बनाउने र दोस्रो चरणमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने काम अघि बढेको जानकारी पाएँ । कामलाई तीन सिफ्टमा अघि बढाएर समयमै सक्न निर्देशन दिएको छु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register