हिमाल त कालै भएछ

हिउँ त परेकै हो नि सभामुखज्यू, सात समुद्रपारिबाट आएको कालो कार्बनडाइअक्साइडले छोपेछ नि लपक्क अन्नपूर्णलाई र हानेछ मिथेनले घनले झैँ धौलागिरि चुचुरालाई लफिङ ग्यासको अट्टहासले तुरुतुरु रुँदै छ माछापुछ्रे र पग्लन्छ मनास्लु पनि कलकारखानाका ग्यासले तपतप गुटेरेस महोदयले देख्नुभयो कि भएन कुन्नि, “सेतो हुनुपर्ने हिमाल त कालै भएछ” भिटो लाग्ने राष्ट्र सङ्घले निमुखा गरिब मुलुकलाई […]

Dec 21, 2024 - 02:47
 0
हिमाल त कालै भएछ

हिउँ त परेकै हो नि सभामुखज्यू,
सात समुद्रपारिबाट आएको
कालो कार्बनडाइअक्साइडले छोपेछ नि लपक्क अन्नपूर्णलाई
र हानेछ मिथेनले घनले झैँ धौलागिरि चुचुरालाई

लफिङ ग्यासको अट्टहासले
तुरुतुरु रुँदै छ माछापुछ्रे
र पग्लन्छ मनास्लु पनि कलकारखानाका ग्यासले तपतप

गुटेरेस महोदयले देख्नुभयो कि भएन कुन्नि,
“सेतो हुनुपर्ने हिमाल त कालै भएछ”
भिटो लाग्ने राष्ट्र सङ्घले निमुखा गरिब मुलुकलाई
जलवायु न्याय दिने, नदिने केही ठेगान छैन
अँ, अध्यक्षज्यूले पनि ठिकै भन्नुभयो त
“हिमाल त खुइलिएछ”

लबस्तरो राजनीतिले गिजोल्नुसम्म गिजोलेका समयमा
हिउँको ध्वाँसे रङ–रूप हेर्न
रोकेर एकैछिन सभा, सम्मेलन, गोष्ठी र कार्यशाला
पुम्दीकोट उक्लनै पर्दाेरहेछ हगि मन्त्रीज्यू
अनि पहाड छेउ यसो उभिएर तस्वीर खिचाउँदै
विहार, आमोदप्रमोद र दृश्यावलोकन गर्नै पर्दाेरहेछ ।
–––
२०८१ पुस ३

कविता: खोला–१

कविता: खोला २

नदी बग्दैन: मिहीन भावबोधका कविता

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register