प्रचण्डबारे प्रकाश शरणको टिप्पणी- पदबाट बाहिर निस्केपछि सदनमा आक्रोश पोखे

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले पूर्व प्रधानमन्त्री तथा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनमा आक्रोश पोखेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले पदबाट बाहिर निस्केपछि प्रचण्डले सदनमा आक्रोश व्यक्त गरेका टिप्पणी गरेका हुन् । एकदलीय व्यवस्था स्थापीत गर्न माओवादीले युद्ध लडेको भन्दै उनले सबैको पहलका कारण […]

Feb 6, 2025 - 12:57
 0
प्रचण्डबारे प्रकाश शरणको टिप्पणी- पदबाट बाहिर निस्केपछि सदनमा आक्रोश पोखे

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले पूर्व प्रधानमन्त्री तथा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनमा आक्रोश पोखेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले पदबाट बाहिर निस्केपछि प्रचण्डले सदनमा आक्रोश व्यक्त गरेका टिप्पणी गरेका हुन् ।

एकदलीय व्यवस्था स्थापीत गर्न माओवादीले युद्ध लडेको भन्दै उनले सबैको पहलका कारण माओवादी बहुदलीय व्यवस्थामा आएको जिकिर गरे  ।

उनले लगानी बढाउनका लागि नै सरकारले अध्यादेश ल्याएकाले सबै एकमत हुनुपर्ने धारणा समेत राखे ।

त्यस्तै एमाले सांसद रघुजी पन्तले तथ्यका आधारमा सरकारको विरोध गर्न प्रतिपक्षीलाई सुझाव दिए । उनले संसदमा प्रचण्डले दिएको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित रहेको जिकिर गरे । सत्य र तथ्यका साथै जनताको आकांक्षामा माओवादी पार्टी देखा पर्न नसकेको उनले बताए ।

उनले सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कुनै कारण नरहेको धारणा राखे।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register