माझी समुदायले माग्यो लदी पूजामा सार्वजनिक बिदा 

काठमाडौं । नेपाल माझी उत्थान सङ्घले बागमती प्रदेशसँग लदी पूजामा सार्वजनिक बिदा दिन माग गरेको छ । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ज्ञापन पत्र बुझाउँदै लदी (कोशी) पूजामा सार्वजनिक बिदा दिन माग गरेको हो । छुट्टै पहिचान र विशेषता बोकेको माझी जातिको प्रमुख पर्व लदी (कोशी) पूजाको अवसरमा फागुन २० गते सार्वजनिक बिदा […]

Feb 7, 2025 - 07:18
 0
माझी समुदायले माग्यो लदी पूजामा सार्वजनिक बिदा 

काठमाडौं । नेपाल माझी उत्थान सङ्घले बागमती प्रदेशसँग लदी पूजामा सार्वजनिक बिदा दिन माग गरेको छ । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ज्ञापन पत्र बुझाउँदै लदी (कोशी) पूजामा सार्वजनिक बिदा दिन माग गरेको हो ।

छुट्टै पहिचान र विशेषता बोकेको माझी जातिको प्रमुख पर्व लदी (कोशी) पूजाको अवसरमा फागुन २० गते सार्वजनिक बिदा दिन माग गरिएको छ ।

छुट्टै पहिचान सहित नेपालको मध्य पहाडी, भित्री मधेस र तराईका जिल्लाहरूमा बसोबास रहेको माझी समुदाय विशिष्ट जाति रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

‘परम्परादेखि नदी, खोलामा निर्भर माझीहरूको पुर्ख्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भएता पनि हाल कृषि पेसालाई मुख्य पेसाको रूपमा अङ्गालेका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरूको बसोबास बढीजसो नदी किनारमा रहेको छ,’ पत्रमा उल्लेख छ, ‘राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा १ लाख ११ हजार ३५२ जनसङ्ख्या माझीहरूको रहेको छ । तथापि तराईमा रहने माझीहरूले कुश्वार लेख्ने हुनाले यो सङ्ख्या अरू धेरै रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ । माझीहरूको कुल जनसङ्ख्या मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ (३७.४२ प्रतिशत) बसोबास गर्दछन् ।’

सङ्घीयता कार्यान्वयनसँगै प्रदेश सरकारमा विभिन्न जातजातिको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण र जगेर्ना गर्ने संवैधानिक अधिकार रहेको पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री लामाले सबै भाषा धर्म र सांस्कृतिक चाडपर्वको संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register