खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न निर्देशन

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा नै सञ्चालन गर्नेगरी काम अघि बढाउन निर्देशन दिएको हो । समितिका सभापति अम्मरबहादुर थापाले समयमै प्रतियोगिता सञ्चालन गर्न […]

Feb 7, 2025 - 11:36
 0
खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न निर्देशन

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा नै सञ्चालन गर्नेगरी काम अघि बढाउन निर्देशन दिएको हो ।

समितिका सभापति अम्मरबहादुर थापाले समयमै प्रतियोगिता सञ्चालन गर्न ‘फास्ट ट्र्याक’मा काम गर्न निर्देशन दिए । उनले आफूहरूको चाहना समयमै प्रतियोगिता होस् भन्ने रहेको बताए ।

“समितिको चाहना समयमै खेलकुद होस् भन्ने हो । समयमा खेलकुद सञ्चालन गर्न कसरी फास्ट ट्र्याकमा लैजान सकिन्छ, त्यो गर्नूस् । विधिसम्मत समयमै गर्नूस्”, सभापति थापाले भने ।

दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गर्ने घोषणा गरिएको थियो । तर, तोकिएको समयमा प्रतियोगिता नहुने निश्चित भएपछि आगामी चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने गरी समय निर्धारण गरिएको थियो । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register