प्रधानमन्त्रीले आह्वान गरेको गणतन्त्र पक्षधरको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधरहरूको बैठक सिंहदरबारमा सुरु भएको छ । शुक्रवार राजतन्त्र पक्षधरहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेपछिको परिस्थितिका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री ओलीले आह्वान गरेको बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपमहासचिव समेत […]

Mar 30, 2025 - 15:28
 0
प्रधानमन्त्रीले आह्वान गरेको गणतन्त्र पक्षधरको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधरहरूको बैठक सिंहदरबारमा सुरु भएको छ ।

शुक्रवार राजतन्त्र पक्षधरहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेपछिको परिस्थितिका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री ओलीले आह्वान गरेको बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपमहासचिव समेत रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विज्ञ सल्लाहकार अग्नि खरेललगायत छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला, गृहमन्त्री रमेश लेखकलगायत छन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाललगायत सहभागि छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी छन् । लोसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी छन् ।

यस्तै राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र  विप्लव नेतृत्वको नेकपाका नेता खड्ग बहादुर विश्वकर्मा पनि उपस्थित छन् ।

बैठकमा पछिल्लो समसामयिक राजनीति, गत शुक्रबार राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन, संसदमा जारी अवरोध लगायतका विषयमा छलफल हुने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register