दिल्लीमा भाजपा बहुमततर्फ, केजरीवाललाई झट्का
काठमाडौं । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याउने सम्भावना देखिएको छ । विधानसभा चुनावको जारी मतगणनामा भाजपाले झण्डै बहुमतभन्दा धेरै स्थानमा अग्रता बनाएको छ । ७० सिटका लागि भएको चुनावमा हाल सत्ता चलाइरहेको आम आदमी पार्टी सुरुवातीरूपमा पछाडि परेको छ । अहिलेसम्मको अवस्थामा दिल्लीमा भाजपाले सरकार बनाउने सम्भावना बढी देखिएको छ । बीबीसीकाअनुसार […]

काठमाडौं । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याउने सम्भावना देखिएको छ ।
विधानसभा चुनावको जारी मतगणनामा भाजपाले झण्डै बहुमतभन्दा धेरै स्थानमा अग्रता बनाएको छ ।
७० सिटका लागि भएको चुनावमा हाल सत्ता चलाइरहेको आम आदमी पार्टी सुरुवातीरूपमा पछाडि परेको छ ।
अहिलेसम्मको अवस्थामा दिल्लीमा भाजपाले सरकार बनाउने सम्भावना बढी देखिएको छ ।
बीबीसीकाअनुसार भाजपा ४० भन्दा धेरै स्थानमा अगाडि छ । आम आदमी पार्टीले २५ भन्दा धेरै र काङ्ग्रेसले १ स्थानमा अग्रता बनाएका छन् ।
दिल्लीमा सरकार बनाउन ३६ सिट चाहिन्छ । दिल्लीमा विगत २७ वर्षयता भाजपाले सरकार बनाउन सकेको छैन ।
पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल, पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, हालका मुख्यमन्त्री आतिशी मार्लेना लगायत आम आदमी पार्टीका ठूला नेता पछाडि छन् ।
What's Your Reaction?






