राजसंस्था पुनस्थापना आन्दोलनका लागि संयुक्त समिति गठन

काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि  भन्दै  संयुक्त जनआन्दोलन समिति गठन भएको छ । राजसंस्था समर्थितहरूलाई सहभागी गराउँदै राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा जनआन्दोलन समिति गठन भएको हो । सुवेदीको अध्यक्षतामा बनेको समितिमा रवीन्द्र मिश्र सदस्य सचिव छन् । उक्त समितिमा ९ जना सदस्य छन् । समितिका सदस्यमा पशुपति शमशेर जबरा, डा. प्रकाश चन्द्र […]

Mar 17, 2025 - 12:17
 0
राजसंस्था पुनस्थापना आन्दोलनका लागि संयुक्त समिति गठन

काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि  भन्दै  संयुक्त जनआन्दोलन समिति गठन भएको छ ।

राजसंस्था समर्थितहरूलाई सहभागी गराउँदै राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा जनआन्दोलन समिति गठन भएको हो ।

सुवेदीको अध्यक्षतामा बनेको समितिमा रवीन्द्र मिश्र सदस्य सचिव छन् । उक्त समितिमा ९ जना सदस्य छन् । समितिका सदस्यमा पशुपति शमशेर जबरा, डा. प्रकाश चन्द्र लोहनी, कमल थापा, राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईं, अस्मिता भण्डारी, हरिबहादुर बस्नेत, केशर बहादुर बिष्ट र रमा सिंह रहेका छन्।

संयुक्त जनआन्दोलन समितिले सल्लाहकार समिति पनि बनाएको छ । उक्ति समितिमा डा. जगमान गुरुङ्ग, बुद्धिराज बज्राचार्य, डा. शास्त्रदत्त पन्त, डा. राजेश अहिराज र खेमराज सेडाई सदस्य छन् ।

समितिले प्रतिवद्धतापत्र पनि अघि सारेको छ । राजसंस्थासहितको प्रजतान्त्रका लागि नवीन सहकार्यको आव्हान गर्दै समितिले  जनताको सर्वोच्चतामा आधारित राजसंस्थामा दलहरू तयार नभए जनआन्दोलन गर्ने चेतावनी दिएको छ ।

नवीन समझदारीबारे प्रस्ट्याउँदै प्रतिवद्धतापत्रमा भनिएको छ,’नवीन समझदारी त्यस्तो अवधारणा हो, जहाँ देशको शान्ति, स्थिरता, सामाजिक सौहार्दता, धर्म-संस्कृति, परम्परा, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रतिकका रूपमा राजसंस्था अनि नियमित राज्य सञ्चालनका लागि राजनीति दलहरू दुवै अटाउन सकुन् ।’

नवीन समझदारीको प्रस्तावलाई दलहरूले तत्काल सम्बोधन गर्नुपर्ने समितिको माग छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register