दिल्ली विधानसभा चुनाव : ४ सिटको नतिजा सार्वजनिक, केजरीवाल हार नजिक

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतपरिणाम सार्वजनिक हुन थालेको छ । निर्वाचन आयोगकाअनुसार अहिलेसम्म ४ सिटको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा भारतीय जनता पार्टीले २ र आम आदमी पार्टीले दुई सिट जितेका छन् । भाजपाकी रेखा गुप्ता शालिमार बाग (१४) बाट र मनजिन्दर सिंह सिरसा राजौरी गार्डेन (२७)बाट विजयी भएका छन् । यस्तै, […]

Feb 8, 2025 - 07:42
 0
दिल्ली विधानसभा चुनाव : ४ सिटको नतिजा सार्वजनिक, केजरीवाल हार नजिक

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतपरिणाम सार्वजनिक हुन थालेको छ ।

निर्वाचन आयोगकाअनुसार अहिलेसम्म ४ सिटको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जसमा भारतीय जनता पार्टीले २ र आम आदमी पार्टीले दुई सिट जितेका छन् ।

भाजपाकी रेखा गुप्ता शालिमार बाग (१४) बाट र मनजिन्दर सिंह सिरसा राजौरी गार्डेन (२७)बाट विजयी भएका छन् ।

यस्तै, आपका वीरेन्द्र सिंह काडियानले दिल्ली क्यान्ट (३८) बाट र कुलदीप कुमार (मोनु) कोन्डली (५६) बाट विजयी भएका छन् ।

पूर्व उपमुख्यमन्त्री तथा आम आदमी पार्टीका चर्चित नेता मनीष सिसोदिया पराजित भएका छन् । सिसोदिया भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् । तर, निर्वाचन आयोगले यसबारे आधिकारिक रुपमा घोषणा भने गरेको छैन ।

आप राष्ट्रिय संयोजक अरविन्द केजरीवालले हारको सङ्घारमा छन् ।

पछिल्लो अपडेटअनुसार भाजपा ४५ र आप २१ सिटमा अग्रस्थानमा रहेका छन् । दिल्लीमा ७० विधानसभा सिट छ र कुनै पनि दललाई सरकार बनाउन ३६ सिट चाहिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register