बाबुराम भट्टराईको प्रतिवेदन : लोकतन्त्रप्रति वितृष्णा र आक्रोश बढ्नु गम्भीर चिन्ताको विषय (पूर्णपाठ)
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा जारी पार्टी महाधिवेशनको पहिलो दिन भट्टराईले प्रस्ताव पेस गरेका हुन् । भट्टराईले लोकतन्त्रप्रति जनताको वितृष्णा बढ्नु गम्भीर चिन्ताको विषय भएको बताएका छन् । उनले भने, “संविधान निर्माणकै बेलादेखि बहस हुँदै आएको प्रत्यक्ष निर्वाचित […]

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा जारी पार्टी महाधिवेशनको पहिलो दिन भट्टराईले प्रस्ताव पेस गरेका हुन् ।
भट्टराईले लोकतन्त्रप्रति जनताको वितृष्णा बढ्नु गम्भीर चिन्ताको विषय भएको बताएका छन् ।
उनले भने, “संविधान निर्माणकै बेलादेखि बहस हुँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिका, देशको विशिष्ठता अनुरुपको संघीयता आदि हुन नसक्नुले पनि राजनीतिक अस्थीरता, आवश्यक कानुनको अभाव, सेवा प्रवाहमा कमिलगायत समस्या मुखरित भए । यी विविध कारणले गर्दा लोकतन्त्रप्रति नै जनताको वितृष्णा र आक्रोश बढ्दै जानु गम्भीर चिन्ताको विषय हो ।”
उनले निर्वाचिन प्रणाली संशोधन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ, “राजनीतिक भ्रष्टाचारको पहिलो मुहान खर्चिलो चुनाव भएकाले निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गरेर अघिल्लो खण्डमा उल्लेख भए झैं प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रमुख र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिका अपनाउन आवश्यक संविधान संशोधन गरिनुपर्छ । निश्चित मापदण्डका आधारमा सबै तहका दलको उम्मेदवारहरूलाई राज्यले चुनावी खर्च व्यहोर्ने कानुनी व्यवस्था गरिनुपर्छ ।”
What's Your Reaction?






