राष्ट्रियसभा बैठक चलिरहँदा सांसद नारायणदत्त भट्ट अस्वस्थ

काठमाडौं । राष्ट्रियसभा बैठकमा चलिरहँदा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट अस्वस्थ भएका छन् । बैठकको विशेष समयमा बोल्नका लागि नाम समेत टिपाएका सांसद बैठक सञ्चालन भइरहेकै अवस्थामा अस्वस्थ भएका थिए । उनी अस्वस्थ भएपछि कांग्रेस सांसद विष्णुकुमारी सापकोटाले बैठकमा बोलेकी छन् । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले यस विषयमा जानकारी गराउँदै सापकोटालई बोल्न समय दिएको बताए […]

Feb 2, 2025 - 09:06
 0
राष्ट्रियसभा बैठक चलिरहँदा सांसद नारायणदत्त भट्ट अस्वस्थ

काठमाडौं । राष्ट्रियसभा बैठकमा चलिरहँदा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट अस्वस्थ भएका छन् ।

बैठकको विशेष समयमा बोल्नका लागि नाम समेत टिपाएका सांसद बैठक सञ्चालन भइरहेकै अवस्थामा अस्वस्थ भएका थिए । उनी अस्वस्थ भएपछि कांग्रेस सांसद विष्णुकुमारी सापकोटाले बैठकमा बोलेकी छन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले यस विषयमा जानकारी गराउँदै सापकोटालई बोल्न समय दिएको बताए । ‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने ।

सांसद भट्टको संसद् भवनभित्रै उपचार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register