फेसबुकमा धर्म तथा जातजाति विरुद्ध जथाभावी पोस्ट राख्ने ५२ वर्षीय पुरुष पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा खाँदबारी नगरपालिका वडा नं. ४ का ५२ वर्षीय नरेन्द्रराज राई रहेका छन् । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार आरोपी राईले फेसबुकमा धार्मिक सहिष्णुतामा आघात पुऱ्याएको पाइएको छ । सामाजिक सञ्जाल प्रयोग गरेर धर्मप्रति घृणा वा द्वेष फैलाउने, जातजाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने सामग्री तयार गरी प्रसारण गरेको पाइएकाले राईलाई नियन्त्रणमा लिएको उन...

What's Your Reaction?






