एनसेलको शेयर खरिद-बिक्री विरुद्धको रिट खारेज, ७ बुँदे निर्देशनात्मक आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत शेयर खरिद-बिक्रीविरुद्ध दायर रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले मंसिर २२, २०८० मा एनसेलको शेयर-बिक्री प्रक्रिया कानुनी र पारदर्शी नभएको भन्दै दायर गरेको रिटमा अन्तिम सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र टेक प्रसाद ढुंगानाको इजलासले प्रचलित नियम बमोजिम नै खरिद-बिक्री प्रक्रिया भएको ठहर गरेको छ । अदालतले यसबारे थप आदेश आवश्यक नभएको भनेपनि विदेशी लगानी भएको कम्पनीहरूको शेयर संरचनामा भएका परिवर्तन र खरिद-बिक्...

What's Your Reaction?






