झापामा सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा अवैध माछा नियन्त्रण

झापा, २८ माघ । झापाको कनकाई नगरपालिका–१ बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध माछा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वाटर झापाबाट सप्रसनि लोकेन्द्र पोखरेलको कमाण्डमा खटिएको मोबाइल टोलीले कनकाई–१ जामुनखाडीस्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जामुनखाडी मोड नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. ०१–०२–००–२ च ४८४९ नम्बरको पिकअप गाडीलाई शंका लागि [...] The post झापामा सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा अवैध माछा नियन्त्रण appeared first on Jhapa Online.

Feb 10, 2025 - 12:19
 0
झापामा सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा अवैध माछा नियन्त्रण

झापा, २८ माघ । झापाको कनकाई नगरपालिका–१ बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध माछा नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वाटर झापाबाट सप्रसनि लोकेन्द्र पोखरेलको कमाण्डमा खटिएको मोबाइल टोलीले कनकाई–१ जामुनखाडीस्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जामुनखाडी मोड नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. ०१–०२–००–२ च ४८४९ नम्बरको पिकअप गाडीलाई शंका लागि चेकजाँच गर्ने क्रममा अन्दाजी १ हजार ४०० केजी अवैध माछा बरामद गरेको हो ।

करिब ४ लाख २० हजार मूल्य बराबरको अबैध माछा, सवारी साधन तथा चालक जिल्ला सुनसरी इनरुवा–७ का २४ वर्षीय दिलकुमार चौधरीलाई समेत नियन्त्रणमा लिइएको सप्र बल, नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सप्रनाउ महेशराज बिष्टले दिनुभयो ।

The post झापामा सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा अवैध माछा नियन्त्रण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register